पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा अहिले नेपालले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।
पोखरा रंगशालामा जारी खेलमा नेपाल २-० ले पछि परेको छ । पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो हाफमा थप एक गोल खाएको छ ।
भारतको लागि दुवै गोल बाला देवीले गरेकी हुन् ।
आज दुवै टिम स्वर्ण जित्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।