पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पहिलो पटक समावेस गरिएको महिला क्रिकेटले कास्य पदक हात पार्यो । करिब तीन महिना भन्दा लामो समय देखि बन्द प्रशिक्षणमा रहेको नेपाली महिला टिमको लक्ष्य भने ठुलै थियो, अर्थात विजेता बन्दै स्वर्ण जित्ने ।
तर दुई टेष्ट राष्ट्र सहभागी प्रतियोगितामा नेपालले बन्द प्रशिक्षणको बेला देखी स्वर्णको बाहेक अन्य नतिजाको सपना समेत देखेन । क्रिकेट खेल्न सुरु गरेको १२ वर्ष पछी बल्लबल्ल जुरेको घरेलु मैदानमा इतिहास रच्ने नेपालको इच्क्षा र सपना थियो । लामो समय देखि प्रशिक्षणमा रहेको र बिचमा टी ट्वान्टी फ्रेन्चाइज क्रिकेट खेल्न पाउँदा खेलाडीले मनोबल समेत बढाएका थिए ।
कप्तान रुबिना क्षेत्री त भारत र पाकिस्तानलाई समेत मात दिंदै स्वर्ण जित्नेमा विस्वस्त थिइन् । तर पछि भारत र पाकिस्तानले प्रतियोगिता नखेल्ने भनेपछी उनले दुखेसो समेत पोखेकी थिइन् ।
भारत र पाकिस्तान नआउँदा नेपालले कम्तिमा स्वर्ण जित्ने त पक्का नै थियो । क्रिकेटका पावर हाउस यी दुई राष्ट्र नअएपछि नेपालको सपना साकार हुन सकेन । न उनीहरु आए, न नेपाल फाइनल पुग्न सक्यो । भारत र पाकिस्तान नआएर नेपाल फाइनल नपुगेको भन्न खोजिएको भने पक्कै हैन ।
नेपालले ३ महिना देखी गर्दै आएको दाबी नतिजामा भएन देख्न सकिएन ।
प्रतियोगितामा नेपालले २ खेलमा उत्कृष्ट कीर्तिमानी प्रदर्शन गर्दा दुई खेलमा लजास्पद प्रदर्शन गर्यो । निकै कमजोर प्रतिद्वान्दी माल्दिभ्स जो पहिलो अन्तराष्ट्रिय खेल खेल्दै थियो, त्यसको फाइदा नेपालले भरपुर उठायो । नेपालकी अन्जली चन्दले त टी ट्वान्टी अन्तराष्ट्रियमा विश्व कीर्तिमान नै बनाइन् । उनले माल्दिभ्सविरुद्धको पहिलो खेलमा २ ओभर १ बलमा कुनै रन नखर्चेर ६ विकेट हात पारेकी थिइन् ।
माल्दिभ्सका खेलाडीले नेपाली बलरको सामु २ खेलमा २० विकेट गुमाएर जम्मा १५ रन प्रहार गरेका थियो । माल्दिभ्सको २ खेलको जम्मा २५ रन मध्य बाँकी सबै नेपालले अतिरिक्त रन दिएको थियो ।
यस्तो सानदार प्रदर्शन गरेको नेपालले टेष्ट राष्ट्रसामु भने सम्झना लायक प्रदर्शन गर्न सकेन । यी दुई राष्ट्रसामु नेपालले जम्मा १ सय २८ रन मात्र बनायो ।
श्रीलंकाविरुद्ध ७७ रङ बनाएको नेपालले बंगलादेशसामु ५१ रन बनायो । दूवै खेलमा नेपालले हार व्यहोरेपछि फाइनल खेल्न अयोग्य भयो ।
टेष्ट राष्ट्रलाई घरेलु भूमिमा हराउँदै ऐतिहासिक अन्तराष्ट्रिय प्रतियोगिता जित्ने सपनाबाट पछि परेपछि कप्तान रुबिनाले अन्तराष्ट्रीय खेलको अनुभब कमी भएको कारण कास्यमा चित्त बुझाउनु परेको बताउँछिन् ।
'हामीलाई म्याच एक्सपोजरको कमी भयो ।' रुबिनाले फाइनल खेल (बंगलादेशविरुद्ध श्रीलंका) पछी भनिन्, 'हाम्रो ट्रेनिङ मात्र भयो । कम्तिमा ४/५ (अन्तराष्ट्रिय) खेल खेलेर आएको भए नतिजा अर्कै हुने रहेछ ।'
रुबिनाको अनुसार नेपालले यस प्रतियोगितामा मात्र अनुभबको कमी महसुस गरेको थियो । 'ल्याक भएको भनेको ब्याटिङ मात्र हो । फिल्डिङ र बलिङ राम्रो छ ।' उनले थपिन्, 'टेष्ट राष्ट्रले पनि खासै राम्रो त खेलेको फाइनलमा देखिएन । हामीले जस्तै खेले तर उनीहरुले अनुभबको फाइदा लिए ।'
नेपालका सबै खेलाडीले राम्रो खेलेको रुबिनाको दाबि छ । भन्छिन्, 'केटिहरुले नराम्रो खेलेको हैन । एकदम राम्रो खेलेका थिए । तर खेलमा हामीसंग अनुभबको कमी देखियो ।'
यस प्रतियोगिताको अनुभबले आगामी जुनमा हुने विश्वकप छनोट अन्तर्गतको खेलमा फाइदा उठाउने लक्ष्य नेपालको रहेको छ । 'जुनमा हुने छनोटको लागि तयार छौं ।' उनले भनिन्, 'अब टेष्ट राष्ट्रलाई पनि हराउन सक्छौं भन्ने मानसिक्ता बिकास भएको छ ।'
यस्तै नेपालले अन्तराष्ट्रिय खेलको अनुभब नपाएसम्म नेपालको क्रिकेटमा विकास नहुने कप्तानको बुझाई छ ।
'जबसम्म खेलाडीले एक्सपोजर पाउँदैनन्, जब सम्म कमजोर इनिङसलाई यसरी अघि बढाउने भन्ने सिक्दैनन् तब सम्म हामीले बिकास गर्न सक्दैनौ ।' रुबिना थप्छिन्, 'अभ्यास र ट्रेनिङले मात्र गरेर खेलाडीले क्रिजमा कसरी खेल्ने भन्ने थाहा पाउन सक्दैन ।'
(खेलपाटीका लागि पोखराका अनिस भट्टराईले गरेको कुराकानीमा आधारित)