काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटको तेस्रो स्थानका लागि नेपालले अहिले माल्दिभ्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार माल्दिभ्सले नेपाललाई जितका लागि ९५ रनको सामान्य लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको माल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो ।
माल्दिभ्सका लिम साफेगले अविजित १९ तथा मोहमद रिसवानले १७ रन जोड्दा कप्तान मोहमद माफोजले १६ रन बनाए । अमिल माउरुफले १३ रन जोडे ।
नेपालका ललित नारायण राजवंशीले ३ तथा सुशन भारीले २ विकेट लिए ।
पुरुषतर्फको स्वर्णको लागि सोमबार नै श्रीलंका र बंगलादेशले खेल्ने छन् ।