एजेन्सी । घरेलु टिम भारतविरुद्धको दोस्रो टी- ट्वान्टी क्रिकेटमा वेष्ट इण्डिजले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा वेष्ट इण्डिजले भारतलाई ८ विकेटले पराजित गरेको हो ।
भारतले दिएको १ सय ७१ रनको लक्ष्य वेस्ट इण्डिजले १८ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
वेष्ट इण्डिजका लागि लेन्डल सिमोन्सले अविजित ६७ रन जोड्दा इभान लेविसले ४० रन बनाए । निकोलस पुरन ३८ रनमा अविजित रहे । भारतका वासिङ्गटन सुन्दर र रविचन्द्र जडेजाले एक एक विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन जोडेको थियो । भारतका सिभम डुबेले ५४ रन जोडे । ऋषब पन्तले अविजित ३३ रन बनाए । वेष्ट इन्डिजका केस्रिक विलियम्स र हेडेन वाल्शले दुई दुई विकेट लिए ।
जितसँगै वेष्ट इण्डिजले तीन खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । यस अघि भएको पहिलो खेल भारतले जितेको थियो ।