काठमाडौं। १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबल अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र बंगलादेशबीचको खेल बेलुका पाँच बजे सुरु हुनेछ । बंगलादेशविरुद्ध खेलका लागि नेपालको प्लेईङ सेट सार्वजनिक भएको छ ।
मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले माल्दिभ्ससँग शनिबार खेलेको टिमलाई नै मैदान उतार्ने भएका छन् ।
नेपालको लागि यस खेल निकै महत्वपूर्ण रहेको छ । नेपाललाई फाइनल पुग्न जित वा बराबरीको आवश्यकता रहेको छ । पराजित भए नेपाल स्वर्ण सम्भावनाबाट बाहिरिने छ ।
नेपाली टिम :
विकेश कुथु,अनन्त तामाङ, छिरिङ गुरुङ, सुमन अर्याल, बिक्रम लामा, मिक्चेन तामाङ, अविशेक रिजाल, सुनिल बल, तेज तामाङ, रेजिन सुब्बा, सुजल श्रेष्ठ