पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटको स्वर्ण पदक बंगलादेशले जितेको छ ।
आइतबार भएको फाइनलमा श्रीलंकालाई २ रनले पराजित गर्दै बंगलादेशले स्वर्ण जितेको हो ।
पोखरा रंगशालामा बंगलादेशले दिएको ९२ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाएर ८९ रन मात्र बनाउन सक्यो ।
श्रीलंकाकी कप्तान हर्सिता माधवीले ३२ रन जोड्दा लिहिनी अप्सराले २५ रन जोडिन । बंगलादेशकी नहिदा अख्तरले २ विकेट लिईन् ।
यस अघि पहिले ब्याटिङ बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर ९१ रन बनाएको थियो ।
बंगलादेशका लागि निगर सुल्तानाले २९ रन जोड्दा सन्जिदा इस्लाम र फाहिम खातुनले समान १५/१५ रन जोडिन । श्रीलंकाकी उमिषा थिमासिनीले ४ विकेट लिईन् ।
नेपालले भने कास्य पदक जितेको छ ।
नेपालकी बलर अंजली चन्द प्रतियोगिताकै उत्कृष्ट बलर सहित सर्वोत्कृष्ट खेलाडी घोषित भइन् ।