काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारीले साग फुटबलमा स्वर्ण जितेर ईतिहास रच्ने बताएकी छिन् ।
लिग चरणको प्रर्दशनले खेलाडीमा आत्मविश्वास बढेको बताउँदै फरवार्ड सावित्राले उत्कृष्ट नतिजा दिन आफुहरु तयार रहेको बताईन् ।
१३ औं सागको फाईनलमा स्थान पक्का गरेको नेपालले स्वर्ण पदकका लागि भोली (सोमबार) भारतसंग खेल्दैछ ।
‘तयारी राम्रो छ । लिग चरणमा सानो गल्तीले चुकेका थियौ ।’ पोखराबाट सावित्राले खेलपाटीसंग भनिन्, ‘फाईनलमा राम्रो नतिजा दिन्छौ । खेलाडीको मनोबल उच्च छ ।’
लिग चरणको खेलमा नेपाल भारतसंग १–० ले पराजित भएको थियो । खेलमा नेपालले प्रभुत्व बनाएपनि गोल गर्न नसक्दा भारतलाई नतिजा सुम्पिएको थियो ।
तर फाईनल खेलमा लिग चरणको गल्ती नदोहरिने सावित्राले बताईन् ।
‘७० प्रतिशत खेल नेपालको पक्षमा थियो । तर सानो गल्तीले चुक्यौ । गल्तीलाई सुधार गरेका छौ । फाईनलमा राम्रो खेल्नेछौ ।’ सावित्राले भनिन् ।
सावित्राले १३ औं सागमा कीर्तिमानी गोल संख्या कायम गरिन् । उनी राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने खेलाडी बनिन् । उनले ३८ गोल गरिन् ।
‘जहिले फुटबल करियर सुरु गरे । धेरै गोल गर्ने लक्ष्य राखेको थिए । लक्ष्य पुरा भएको छु । खुसी छु ।’ उनले भनिन् ।
सावित्राले योजना अनुसार नेपालले प्रर्दशन गरिरहेको बताउँदै सागमा नयाँ ईतिहास रच्ने बताईन् ।
‘सोचेको भईरहेको छ । ब्यक्तिगत भन्दापनि नयाँ ईतिहास रच्ने योजना छ ।’ उनले भनिन्, ‘घरेलु मैदान छ । टिममा सन्तुलन छ । कमजोरलिाई अभ्यास मार्फत सुधार गरेका छौ ।’