काठमाडौं । नेदरल्याण्डविरुद्ध दोस्रो एक दिवसीय क्रिकेट खेलिरहेका नेपालले आठौं विकेट गुमाएको छ ।
नेपालले आठौं विकेटको रुपमा बसन्त रेग्मीलाई गुमाएको हो ।
भिआरए क्रिकेट मैदानमा बसन्त मात्र १ रन जोडेर आउट भएका छन् । बसन्तलाई भान मेकेरलरे आउट गरे ।
आठौँ विकेट गुमाएको नेपाल १७२ रन बनाएर खेलिरहेको छ । अहिले क्रिजमा सोमपाल कामी र सन्दीप लामिछाने रहेका छन् ।