१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा नेपालले कास्य पदक जितेको छ ।
पोखरा रंगशालामा शनिबार कास्यका लागि भएको खेलमा माल्दिभ्सलाई १० विकेटले पराजित गर्दै नेपालले कास्य जितेको हो ।
माल्दिभ्सले दिएको ९ रनको सामान्य लक्ष्य नेपालले १ ओभर १ बलमा लक्ष्य पुरा गर्यो । नेपालकी रोमा थापाले ५ र काजोल श्रेष्ठले २ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको माल्दिभ्सले ११ ओभर ३ बलमा ८ रन जोड्दा अलआउट भएको छ ।
माल्दिभ्सको एमा ऐस्थाले १ रन बनाउँदा अन्य खेलाडीले खाता खोल्न सकेनन् ।
नेपालकी अन्जली चन्दले ४ विकेट लिइन्। यस्तै रुबिना क्षेत्रि र सिता राना मगरले समान २/२ विकेट हात पारे ।
स्वर्णका लागि भने श्रीलंका र बंगलादेशले खेल्ने छन् ।