काठमाडौं । नेदरल्याण्डविरुद्ध दोस्रो एकदिवसीय क्रिकेट खेलिरहेका नेपालले सातौं विकेट गुमाएको छ । नेपालले सातौं विकेटका रुपमा आरिफ शेखलाई गुमाएको हो ।
भिआरए क्रिकेट मैदानमा ४५ बलमा १६ रन बनाएर आरिफ सिलारको बलमा आउट भए ।
सातौँ विकेट गुमाएको नेपालले १६३ रन बनाएर खेलिरहेको छ । अहिले क्रिजमा सोमपाल कामी र बसन्त रेग्मी रहेका छन् ।