एजेन्सी । पाहुना टिम वेष्ट इण्डिजविरुद्धको पहिलो टी-ट्वान्टी क्रिकेटमा भारतले सहज जित निकालेको छ ।
हैदरवादमा शुक्रबार राति भएको खेलमा भारतले वेष्ट इण्डिजलाई ६ विकेटले पराजित गरेको हो ।
वेष्ट इण्डिजले दिएको २ सय ८ रनको लक्ष्य भारतले १८ ओभर ४ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।
भारतको जितमा कप्तान विराट कोहलीले अविजित रहदै ९४ रनको इनिङ्स खेले । यस्तै लोकेश राहुलले ६२ रन बनाए । वेष्ट इण्डिजमा खरि पिएरेले २ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले २० ओभरमा ५ विकेट गुमाएर २ सय ७ रन जोडेको थियो ।
वेष्ट इण्डिजका सिमरन हिटमायरले ५६ रन जोड्दा इभीन लिविसले ४० रन जोडे । भारतका युजभेन्द्र चाहलले २ विकेट लिए ।
जितसँगै भारतले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।