काठमाडौं । बंगलादेशले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा पहिलो जित निकालेको छ ।
दशरथ रंगशालामा बिहीबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई १- ० गोल अन्तरले पराजित गरेको हो ।
बंगलादेशका लागि महबबुर रहमानले दसौं मिनेटमा गोल गरे ।
जितसँगै बंगलादेशको तीन खेलबाट चार अंक भएको छ र उसको फाइनल पुग्ने सम्भावना कायम रहेको छ ।
बंगलादेश यो जितले अंक तालिकाको तेस्रो स्थानमा उक्लिन पनि सफल रह्यो । श्रीलंका भने दुई अंकमै सीमित रह्यो । आयोजक नेपालको चार अंक छ र दोस्रो स्थानमा छ ।