काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले अहिले भुटानसँग खेलिरहेको छ ।
किर्तिपुरथित टियु मैदानमा टस हारेको नेपालले ब्याटिङ गरिरहेको छ । र, भुटानविरुद्ध नेपालका कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाएका छन् ।
कप्तान मल्लले २६ बलमा ५२ रन जोड्दै अर्धशतक बनाएका हुन् ।
यस अघि पारस खड्काले ५७ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।
भुटानविरुद्धको खेल नेपालको लागि पहिलो घरेलु टी-ट्वान्टी अन्तराष्ट्रिय खेल हो ।
भुटानविरुद्ध मैदान उत्रँदा नेपाल सहज जितको खोजीमा हुनेछ । कमजोर प्रतिद्वन्दी भुटानविरुद्ध अंक जोड्दै नेपाल फाइनल पुग्ने आशा जिवित राख्न चाहन्छ ।
यसअघि मंगलबार भएको पहिलो खेलमा नेपाल श्रीलंका यू-२३ संग पराजित भएको थियो । त्यसैले फाइनल पुग्न नेपाललाई जितको विकल्प छैन ।
भुटान समेत आफ्नो पहिलो खेलमा श्रीलंका यू-२३ संग पराजित भएको थियो ।