काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको दोस्रो खेलमा नेपालले बराबरी खेलेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार नेपालले श्रीलंकासँग १-१ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा एक गोलको अग्रता जिगाउँन नसक्दा नेपालले बराबरी खेलेको हो ।
खेलको ३६ औं मिनेटमा कप्तान सुजल श्रेष्ठले पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा नेपाल गोल खान पुग्यो ।
थप गरिएको चार मिनेटको इन्जुरी समयमा जज सुपानले गोल गर्दै श्रीलंकालाई हारबाट जोगाएका थिए ।
यो बराबरीसँगै नेपालले २ खेलमा ४ अंक जोडेको छ ।
अब नेपालले माल्दिभ्ससँग शनिबार र बंगलादेशसँग आइतबार खेल्नेछ ।