काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष फुटबलमा नेपालले अहिले श्रीलंकासँग प्रतिस्पर्धा गरिरहेको छ ।
दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले १-० को अग्रता बनाएको छ ।
कप्तान सुजल श्रेष्ठले खेलको ३६ औं मिनेटमा पेनाल्टी गोलमा गोल गर्दै नेपाललाई अग्रता दिलाए ।
नेपाल लगातार दोस्रो जितको खोजीमा रहेको थियो । पहिलो खेलमा नेपालले भुटानलाई ४-० ले हराएको थियो ।