एजेन्सी । इंग्ल्यान्ड क्रिकेट टिमको स्पिन बलिङ कन्सल्ट्यान्टमा जितन पटेल नियुक्त भएका छन् ।
इंग्ल्याण्डले दक्षिण अफ्रिका र श्रीलंका भ्रमणको लागि पटेललाई नियुक्त गरेको हो ।
न्युजिल्याण्डका ३९ वर्षीय पूर्व अफ स्पिनर पटेल दक्षिण अफ्रिकासँगको सिरिजको दुई दिन अघि टिममा सामेल हुने छन् ।
इंग्ल्याण्डले दक्षिण अफ्रिकासँग ४ टेष्ट, तीन एकदिवसीय र ३ टी-ट्वान्टी खेल्नेछ । त्यसपछि श्रीलंकासँग दुई टेष्ट खेल्नेछ ।