मनोज थापा
पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला फुटबलमा भारतले फराकिलो जित निकालेको छ ।
मंगलबार भएको खेलमा भारतले माल्दिभ्सलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
पोखरा रंगशालामा भएको खेलमा भारतका लागि बाला देवीले दुई गोल गरिन् । यस्तै डग्नेई ग्रेस, मनिषा र जाबमानी टुडुले एक एक गोल गरिन् ।
जितसँगै भारतले पहिलो खेलमा ३ अंक जोडेको छ । अब भारतले बुधबार श्रीलंकासँग खेल्नेछ ।
नेपालले पहिलो खेलमा श्रीलंकालाई १-० ले हराएको थियो ।
राउण्ड रोबिनको आधारमा जारी महिला फुटबलको शीर्ष दुई टिमले स्वर्णका लागि खेल्नेछ ।