पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपालले अहिले श्रीलंकासँग प्रतिस्पर्धा गरिरहेको छ ।
पोखरा रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले श्रीलंकासँग गोलरहित बराबरी खेलेको छ ।
खेलमा नेपालले पकड बनाएपनि गोल गर्न सकेनन् । खेलको पाचौं र १६ औं मिनेटमा सावित्रा भण्डारीको कडा प्रहार श्रीलंकाका किपरले बचाए ।
यस्तै खेलको ३३ औं मिनेटमा कप्तान निरु थापाको गोल अफसाइड भएको थियो ।