एजेन्सी । इन्ग्लिश क्लब न्युकासल युनाइटेडले जापानिज स्ट्राइकर योशिनोरी मुटोलाई क्लबमा अनुबन्ध गरेको छ । न्युकासलले मुटोलाई जर्मन क्लब मैन्जबाट क्लबमा भित्र्याएको हो ।
रुस विश्वकपमा जापानको टिममा रहेका मुटोलाई न्युकासलले ९.५ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । न्युकासलले मुटोसंग चार बर्षे सम्झौता गर्ने छन् । वर्क प्रमिट प्राप्त गर्ने वित्तिकै मुटोसंग न्युकासलले सम्झौतामा हस्ताक्षर गर्ने बताईएको छ ।
रुस विश्वकपमा मुटोले एक खेल खेलेका थिए । २६ बर्षीय स्ट्राइकर मुटोले समूह चरणमा पोल्याण्डविरुद्ध खेलेका थिए ।
टोकियो एफसीबाट सन् २०१५ मा क्लब आएका मुटोले गत सिजन मैन्जबाट ८ गोल गरेका थिए ।