काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको दोस्रो खेलमा श्रीलंका र माल्दिभ्सले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार पाएको मौका गुमाउदा दुवै टोलीले बराबरी खेलेको हो ।
बराबरीसँग दुवै टोलीले एक एक अंक बाडेका छन् ।
यस अघि पहिलो खेलमा भुटानले बंगलादेशलाई १-० ले हराएको थियो ।
फुटबलतर्फ नेपालले भोली भुटानसँग खेल्नेछ ।