एजेन्सी । इटालीका डिफेन्डर लियोनार्दो बोनुसीले सिरी ए च्याम्पियन युभेन्ट्स फर्किएका छन् । गत सिजन एसी मिलान गएका बोनुसी एक सिजन मिलानमा बिताएर युभेन्ट्स फर्किएका हुन् ।
युभेन्ट्सले बिहिबार सामाजिक संजाल ट्वीटरबाट सेन्टर ब्याक बोनुसी क्लब फर्किएको जनाएको छ । बोनुसीले बिहिबार नै मेडिकल समेत गरेका छन् । युभेन्ट्सले बोनुसीलाई मेन्सन गर्दै ट्वीटरमा लेखेको छ, 'उ यहाँ टुरिनमा छन् ।'
बोनुसी गत सिजन ४० मिलियन युरोमा मिलान गएका थिए । उनले पाँच बर्षको सम्झौता गरेका थिए । तर, एक सिजन पछि नै बोनुसी युभेन्ट्स फर्किएका हुन् । बोनुसीले युभेन्ट्ससंग गरेको नयाँ सम्झौताबारे बताईएको छैन ।
यस्तै युभेन्ट्सका फरवार्ड गोन्जालो हिगुईन भने एसी मिलान जाने पक्का भएको छ । हिगुईन मिलान जाने पक्का भएसंगै हिगुईनको स्थान पोर्चुगिज क्रिस्टियानो रोनाल्डोले लिने छन् ।
मिलानले सामाजिक संजाल इन्स्टाग्राममा एक भिडियो पोष्ट गर्दै अर्जेन्टिना ३० बर्षीय हिगुईन क्लबको लागि खेल्न तयार भएको बताएको छ ।