काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलमा भुटानले विजयी सुरुवात गरेको छ ।
दशरथ रंगशालामा सोमबार भएको खेलमा भुटानले बंगलादेशलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भुटानले गोल गरेको थियो ।
भुटानका कप्तान चेन्चो ग्याल्सेनले ६५ औं मिनेटमा निर्णायक गोल गरे ।