एजेन्सी । अष्ट्रेलियन ब्याट्सम्यान डेभिड वार्नर टेष्ट क्रिकेटमा करियरको पहिलो तेहेरो शतक बनाएका छन् ।
पूर्व उप कप्तान समेत रहेका वार्नरले पाकिस्तानविरुद्धको दोस्रो टेष्टमा ३ सय रन पुरा गरेका हुन् । वार्नरले ३ सय ८९ बलमा ३ सय रन पुरा गरेका हुन् ।
वार्नर ३ सय ३५ रनमा अविजित रहे ।
योसँगै वार्नर तेहेरो शतक बनाउने सातौं अष्ट्रेलियन खेलाडी बनेका छन् ।
यस्तै वार्नर सर्वाधिक छिटो तेहेरो शतक बनाउने चौंथो खेलाडी बनेका छन् ।
सर्वाधिक चाँडो तेहेरो शतकको कीर्तिमान भने भारतका पूर्व खेलाडी विरेन्द्र शहवागको नाममा रहेको छ । उनले सन् २००८ मा दक्षिण अफ्रिकाविरुद्ध २ सय ७८ बलमा तेहेरो शतक बनाएका थिए ।
वार्नरको तेहेरो शतकसँगै दोस्रो टेष्टको पहिलो इनिङ्समा अष्ट्रेलियाले ३ विकेटको क्षतिम ५ सय ८९ रनको उच्च योगफल बनाएर इनिङ्स समाप्तिको घोषणा गरेको छ ।
यस्तै अष्ट्रेलियाका लागि मार्नुसले १ सय ६२ रनको शतकीय इनिङ्स खेल्दा म्याथ्यु वेडले अविजित ३८ रन बनाए ।
सर्वाधिक छोटो ७ हजार रन पुरा गर्ने कीर्तिमान बनाएका पूर्व कप्तान स्टिभ स्मिथ ३६ रनमा आउट भए ।
पाकिस्तानका शहिन शाह अफ्रिदीले ३ विकेट लिए ।