काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली यू -१८ फुटबल टिमको तयारी विराटनगरमा गर्ने भएको छ ।
भारतमा आयोजना हुने ४६ औं एसियन स्कुल च्याम्पियनसिपको लागि नेपाली यू-१८ टोलीले विराटनगरमा तयारी गर्ने भएको हो । यू-१८ टोलीको तयारी विराटनगरस्थित शहिद रंगशालामा भदौ ३ गतेबाट सुरु हुनेछ ।
एन्फाले तयारीको लागि ३५ खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । च्याम्पियनसिप भारतको आग्राको हुने भएको कारण त्यहाँको मौषमलाई मध्यनजर गर्दै एन्फाले विराटनगरमा तयारी गर्ने निर्णय गरेको एन्फा सदस्य तथा टिम म्यानेजर रुपेश अधिकारीले खेलपाटीलाई जानकारी गराए ।
पहिलो पटक काठमाडौंबाहिर नेपाली टोलीले तयारी गरेको जानकारी गराउदै अधिकारीले भने, 'भारतको आग्रा र विराटनगरको मौषम लगभग उस्तै हुनेछ । त्यहिँ मौषमलाई हेरेर विराटनगरमा तयारी गर्ने भएका हौ ।'
अधिकारीले पहिलो चरणमा एन्फाले ३५ खेलाडीलाई भदौ २ गते विराटनगर बोलाएको बताए । 'भदौ ३ गतेबाट नै पहिलो चरणको तयारी थाल्नेछौं, त्यसको १०–१२ दिनमा ३५ खेलाडीबाट २० खेलाडी छनोट गर्नेछौं,' अधिकारीले भने ।
नेपाली टोलीलाई मुख्य प्रशिक्षकमा चेत नारायण श्रेष्ठ र प्रशिक्षक राकेश श्रेष्ठले प्रशिक्षण दिनेछन् ।
प्रशिक्षणमा बोलाइएका खेलाडी :
गोलकिपर : आकाश रानामगर, विष्णु केसी, रोहित कार्की , विष्णु सुनार , सुर्य अधिकारी
डिफेन्डर : रन्दिप पौडेल, सौरभ जंग शाहि, विकाश खवास, पवन शाहि, सुमन वहादुर मगर, राजन गुरुङ, सचिन राई, अशिम गुरुङ, मनिष लामा, निशान रावल, पुर्ण बहादुर श्रेष्ठ ,
मिडफिल्डर : नितिन थापा, सुरज ठकुरी, सुरज चित्राकार, जय गुरुङ, विवेक राई, मनिष थापा, सेसेहाङ यम्देम्वो, अनिल महर्जन, दर्शन गुरुङ, दिनेश हेम्जाङ, रोहन प्रधान
स्ट्राइकर : रितिक कुमार खड्का, अरुन लिम्बु, दिपेश आले मगर, बुद्ध बाल तामाङ, सचु गुरुङ, अनुप गुरुङ, शुुसन लामा, टिका गुरुङ