एजेन्सी । घरेलु टोली न्युजिल्याण्ड र इंग्ल्याण्डबीचको दोस्रो तथा अन्तिम टेष्ट क्रिकेटको पहिलो दिनको खेल वर्षाले प्रभावित गरेको छ ।
ह्यामिल्टनमा भारी वर्षा भएपछि न्युजिल्याण्ड र इंग्ल्याण्डबीचको टेष्टको पहिलो सेसन निर्धारित समय भन्दा चाडै सकिएको छ ।
वर्षाको कारण मैदान खेल्न अयोग्य बन्दा न्युजिल्याण्डले ३ विकेट गुमाएर १ सय ७३ रन जोड्दा पहिलो दिनको खेल सकिएको छ । दोस्रो दिनको खेल भने ३० मिनेट अघि नै सुरु हुनेछ ।
टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डका लागि टम लाथम १ सय १ रनको शतकीय इनिङ्स खेल्दै अविजित रहेका छन् । हेनरी निकोलस ५ रनमा अविजित छन् ।
यस अघि रोस टेलर ५३, कप्तान केन विलियम्सन ४ र जित राभल ५ रनमा आउट भए । इंग्ल्याण्डका क्रिस वोक्सले २ तथा स्टुवार्ड बोर्डले १ विकेट लिए ।
पहिलो टेष्टमा न्युजिल्याण्ड एक इनिङ्स र ६५ रनले विजयी भएको थियो ।