एजेन्सी । भारतीय क्रिकेट टिमका ओपनर ब्याट्सम्यान शिखर धवनले वेष्ट इण्डिजविरुद्धको टी-ट्वान्टी क्रिकेट सिरीज गुमाउने भएका छन् ।
बाँया खुट्टामा लागेको चोटको कारण धवनले वेष्ट इण्डिजविरुद्धको तीन खेलको सिरिज गुमाउने भएका हुन् । भारतीय क्रिकेट बोर्डले उनको घुँडामा चोट लागेको जनाएको छ ।
भारतले धवनको स्थानमा सन्जु सामसनलाई टिममा बोलाएको छ ।
भारत भ्रमणमा रहेको वेष्ट इण्डिजले घरेलु टिमसँग डिसेम्बर ६ मा पहिलो टी-ट्वान्टी खेल्नेछ । खेल हैदरावादस्थित राजिब गान्धी अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हुनेछ ।