काठमाडौं । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि साविक विजेता पोखरा पल्टनले राष्ट्रिय क्रिकेट टिमका सदस्य कुशल मल्ललाई अनुबन्ध गरेको छ ।
आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले सोमबार आयोजना गरेको खेलाडी 'रिलिज र रिटेन' कार्यकमबाट कुशललाई पोखराले १ लाख ५० हजारमा क्लबमा अनुबन्ध गरेको हो ।
यस्तै विक्रम सोबलाई चितवन राइनोजले १ लाख ३० हजार र बिक्रम भुसाललाई ५० हजारमा क्लबमा भित्र्याएको छ ।
राष्ट्रिय टिमका पूर्व सदस्य सुवास खकुरेल र अमृत भट्टराईलाई काठमाडौं गोल्डेन वारिवर्सले ५०/५० हजारमा अनुबन्ध गरेको छ ।
एक्पर्ट्स धनगढी ब्लुजले सुनम गौतम र अनिल खरेललाई समान ५०/५० हजारमा अनुबन्ध गरेको छ ।
त्यस्तै शेर मल्ललाई ५० र कमल खत्रीलाई ३० हजारमा बुटवल ब्लास्टरले टिममा अनुबन्ध गर्दा विराटनगर टाईटन्सले दिलिप नाथलाई ७५ हजार र लोकेश बमलाई ५० हजारमा अनुबन्ध गरेको छ ।
पोखरा रंगशालामा हुने पीपीएल मंसिर २८ देखि पुस १२ सम्म हुनेछ । प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
पीपीएलमा विराटनगर टाईटन्स,चितवन राईनाेज,पाेखरा पल्टन,बुटवल ब्लास्टर,काठमाडौं गोल्डेन वारिवर्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।
पहिलो संस्करणको उपाधि पाेखरा पल्टनले जितेको थियो । गत संस्करणको विजेताले २७ लाख प्राप्त गरेको थियो । उपविजेता बनेको चितवनले १० लाखमा चित्त बुझाएको थियो ।
यस संस्करणको विजेता र उपविजेताले पाउने रकम भने खुलाईएको छैन ।
रिलिज भएका खेलाडी :
दिपेश खत्री, बिक्रम भुसाल र दिभान्शु मल्लिक : पोखरा पल्टन
शक्ति गौचन, सप्निल अधिकारी र आकाश थापा : चितवन राइनोज
सागर पुन, अनिल खरेल र प्रकास केसी : बुटवल ब्लास्टर
दिलिप नाथ, सन्तोष भट्ट र योगेंसरा सिंह कार्की : एक्स्पर्ट धनगढी ब्लुज
जितेन्द्र सिंह ठकुरी,रोबिन जोशी र हिमान्सु दत्त : विराटनगर टाईटन्स
नरेस बुढाएर, सुमित झा र सुधिर चौधरी : काठमाडौं गोल्डेन वारिवर्स