एजेन्सी । पाहुना टिम पाकिस्तानविरुद्धको पहिलो टेष्ट क्रिकेटमा अष्ट्रेलियाले एक इनिङ्स र ५ रनले विजयी भएको छ ।
ब्रिसबेनमा अष्ट्रेलियाले एकै इनिङ्समा बनाएको ८ सय ८० रन पाकिस्तानले दुई इनिङ्समा समेत पुरा गर्न सकेन ।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पहिलो इनिङ्समा २ सय ४० रन जोड्दा अलआउट भएको थियो । पाकिस्तानका असाद साफीकले ७६ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले उच्च स्कोर बनाउन सकेन । अष्ट्रेलियाका मिचेल स्टार्कले ४ तथा पाट कुमिन्सले ३ विकेट लिए ।
पहिलो इनिङ्समा पाकिस्तानलाई सस्तैमा रोकेको अष्ट्रेलिया पहिलो इनिङ्समा अलआउट हुँदै ५ सय ८० रन बनाएको थियो । उसका लागि डेभिड वार्नरले १ सय ५४ तथा मार्नुसले १ सय ८५ रनको शतकीय इनिङ्स खेले । पाकिस्तानका यासिर शाहले ४ विकेट लिए ।
पहिलो इनिङ्समै फराकिलो अन्तरले पछि परेको पाकिस्तानले दोस्रो इनिङ्समा अलआउट हुँदै ३स्य ३५ रनमा समेटिएपछि एक इनिङ्स र ५ रनले पराजित भयो ।
पाकिस्तानका लागि बाबर आजमले १ सय ४ रनको शतकीय इनिङ्स खेलेपनि पाकिस्तानलाई हारबाट जोगाउन सकेनन् ।
अष्ट्रेलियाका जोश हजालउडले ४ तथा मिचेल स्टार्कले ३ विकेट लिए ।
जितसँगै अष्ट्रेलियाले टेष्ट च्याम्पियनसिप अन्तर्गतको २ खेलको सिरिजमा १-० ले अग्रता बनाएको छ ।