काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष टी-ट्वान्टी क्रिकेटमा नेपालको पहिलो प्रतिद्वन्दी टेष्ट राष्ट्र श्रीलंका परेको छ ।
साग आयोजकले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो प्रतिद्वन्दी श्रीलंका परेको हो । नेपाल र श्रीलंकाबीचको खेलमा डिसेम्बर ३ मा हुनेछ ।
यस्तै नेपालले डिसेम्बर ५ मा भुटानसँग खेल्दा डिसेम्बर ६ मा माल्दिभ्सको सामना गर्नेछ । नेपालले अन्तिम खेलमा डिसेम्बर ७ मा बंगलादेशसँग खेल्नेछ ।
सागको पुरुषतर्फ पाँच टिमले प्रतिस्पर्धा गर्ने छन् । जसमा नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्स रहेका छन् ।
भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्ने छैनन् । यस्तै बंगलादेश र श्रीलंकाले यू-२३ टिम पठाउने छ । अन्य राष्ट्रको भने सिनियर टिम हुनेछ ।
राउण्ड रोबिनको आधारमा हुने पुरुष क्रिकेटको शीर्ष दुई टिमले स्वर्ण पदकको लागि खेल्ने छन् । यस्तै तेस्रो र चौंथो टिमले कास्यको लागि खेल्नेछ ।
साग क्रिकेट टियु क्रिकेट मैदानमा हुनेछ ।
खेल तालिका :