काठमाडौं । नेदरल्याण्डविरुद्ध पहिलो एकदिवसीय खेल खेलिरहेको नेपालले ४० औं ओभर चलिरहदा महत्वपूर्ण दुई विकेट लिएको छ । नेपालको लागि सातौं र आठौं विकेट कप्तान पारस खड्काले लिएका छन् ।
कप्तान पारसले ४० ओभरको दोस्रो बलमा अर्धशतक प्रहार गरेका रिप्पोनलाई दिपेन्द्र सिंह ऐरिको हातबाट क्याच आउट गराए ।
त्यस्तै चौथो बलमा स्नाटर कप्तान पारसको बलमा सुन्य रनमा पेभेलिएन पर्किएका थिए ।
उत्कृष्ट वलिङ गरिरहेका पारसले ८ ओभर वलिङ गर्दै २० रन दिएर ४ विकेट हात पारीसकेका छन् ।