एजेन्सी । आयोजक बंगलादेशको यू-२३ टिम घरेलु भूमिमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
ढाकामा बिहिबार भएको दोस्रो सेमिफाइनलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै बंगलादेश उपाधि नजिक पुगेको हो ।
अब बंगलादेशले उपाधिका लागि शनिबार पाकिस्तानको सामना गर्नेछ । पाकिस्तान भारतलाई हराएर फाइनल पुगिसकेको छ ।
अफगानिस्तानले दिएको २ सय २९ रनको लक्ष्य बंगलादेशले ३९ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।
बंगलादेशको जितमा सौम्य सरकारले ६१ तथा नाज्मुल सान्टोले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अफिफ हुसेनले ४५ रन जोड्दा यासिर अली चौधरीले ३८ रन बनाए ।
अफगानिस्तानका अब्दुल नुरीले २ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर २ सय २८ रन बनाएको थियो ।
अफगानिस्तानका डार्विस अब्दुल रासोलले १ सय १४ रनको शतकीय इनिङ्स खेले ।
यस्तै सायद शफाकले ३४ तथा तारिक स्टानीज्काईले ३३ रन बनाए ।
बंगलादेशका हसन महमुद र सौम्य सरकारले ३/३ विकेट लिए । तान्भिर इस्लामले २ विकेट लिए ।