एजेन्सी । युएईमा जारी टी-१० क्रिकेट लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का रहेको टिम आबु धाबीले पहिलो हार व्यहोरेको छ ।
शेख जायद स्टेडियममा सोमबार भएको खेलमा आबु धाबी मराठा अरेबियन्ससँग २४ रनले पराजित भएको छ ।
अरेबियन्सले दिएको १ सय ३९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आबु धाबीले १० ओभरमा ३ विकेट गुमाएर १ या १४ रन मात्र बनाउन सक्यो ।
आबु धाबीका लुक राइट्सले अविजित ४० रन जोड्दा लेविस ग्रेगोरीले अविजित २३ रन बनाए । यस्तै कप्तान मोइन अलीले ३१ तथा निरोशन डिक्वेलाले १५ रन बनाए ।
अरेबियन्सका हसरंगा डी सिल्भा र मिचेल मेकक्लेनघनले एक एक विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको अरेबियन्सले १० ओभरमा २ विकेट गुमाएर १ सय ३८ रन बनाएको थियो ।
अरेबियन्सका लागि कप्तान क्रिस लिनले अविजित रहदै ९१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै एडम ल्याथले ३० रन बनाए ।
आबु धाबीका बेन लुन्घलिन र मर्चान्ट डी लांगेले एक एक विकेट लिए ।
अरेबियन्सविरुद्ध पारस भने मैदान उत्रिएनन । अघिल्ला दुई खेल खेलेका पारसलाई तेस्रो खेलमा बेन्चमा राखिएको थियो ।
यो हारसँगै समूह 'बी' को आबु धाबीले ३ खेलमा ३ अंक जोडेको छ । आबु धाबीले पहिलो खेलमा क्वालान्डर्ससँग ड्र खेल्दै अंक बाडेको थियो । दोस्रो खेलमा भने नर्दन वारिवर्सलाई ६ विकेटले पराजित गरेको थियो ।
अरेबियन्सको यो दोस्रो जित हो । अरेबियन्सले ३ खेलमा ४ अंक जोडेको छ ।