एजेन्सी । युएईमा जारी टी-१० क्रिकेट लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का रहेको टिम आबु धाबीलाई मराठा अरेबियन्सले जितका लागि १ सय ३९ रनको लक्ष्य दिएको छ ।
शेख जायद स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको अरेबियन्सले १० ओभरमा २ विकेट गुमाएर १ सय ३८ रन बनायो ।
अरेबियन्सका लागि कप्तान क्रिस लिनले अविजित रहदै ९१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै एडम ल्याथले ३० रन बनाए ।
आज दुवै टिम जित निकाल्ने लक्ष्यमा रहेका छन् ।
आबु धाबी लगातार दोस्रो जितको खोजीमा रहेको छ । यस्तै अरेबियन्स पनि दोस्रो जितको खोजीमा रहेको छ ।
अरेबियन्सविरुद्ध पारस प्लेईङ सेटमा परेका छैनन् । पारसले अघिल्ला २ खेल खेलेका थिए ।