काठमाडौं । युएईमा जारी टी-१० क्रिकेट लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम कर्नाटका टुसकेर्सले अहिले डेकन ग्लाडीयटर्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।
आबु धाबीमा ग्लाडीयटर्सले टस जितेको छ र पहिले बलिङ रोजेको छ । सन्दीपको टिम कर्नाटका पहिले ब्याटिङ गर्दैछ ।
ग्लाडीयटर्सविरुद्ध सन्दीप प्लेईङ सेटमा परेका छन् ।
सन्दीपले अघिल्ला दुई खेलमा ३ विकेट लिईसकेका छन् ।
दुई खेलमा १ जित र १ हार व्यहोरेको कर्नाटका २ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।
यस्तै २ अंक जोडेको ग्लाडीयटर्स तालिकाको तेस्रो स्थानमा रहेको छ ।
अघिल्लो चरण प्रवेशका लागि दुवै टिमलाई जित आवश्यक रहेको छ ।