काठमाडौं । एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा नेपालविरुद्द बंगलादेशले टस जितेको छ ।
समूह चरणको अन्तिम खेलमा टस जितेर बंगलादेशले फिल्डिङ गर्ने निर्णय गरेकाे छ । र नेपाललाई ब्याटिङमा बाेलाएकाे छ ।
नेपालले टिममा दुई परिवर्तन गरेको छ । ओपनिङमा ज्ञानेन्द्र मल्लसग कुशल भुर्तेल आएका छन् ।
प्लेईङ सेटमा शरद भेषवाकर, सोमपाल कामी, करण केसी, बिनोद भण्डारी, पवन सरार्फ, सन्दीप जोरा, सुसन भारी, आरिफ शेख र दिपेन्द्र सिंह ऐरी छन् ।
समुह ’बी’ मा रहेको नेपाल र बंगलादेशले समान दुई खेल खेलेका छन् ।
दुवै खेलमा जित निकालेको बंगलादेश समूहको शीर्ष स्थानमा छ । नेपाल एकमा जित र एकमा हार ब्यहोर्दै तालिकाको तेस्रो स्थानमा छ ।
अघिल्लो चरण प्रवेशको लागि नेपाललाई बंगलादेशविरुद्व जित निकाल्नै पर्ने दबाब छ ।
ढाकामा बिहिबार भएको पहिलो खेलमा नेपाल भारतको यू–२३ टिमसँग ७ विकेटले पराजित भएको थियो ।
यस्तै शनिबार दोस्रो खेलमा हङकङलाई ४० रनले पराजित गर्दै सेमिफाइनल प्रवेशको सम्भाबनालाई जिवित राखेको थियो ।
बंगलादेशले पहिलो खेलमा हङकङलाई ९ तथा भारतलाई ६ विकेटले पराजित गरेको थियो ।
उपाधि दाबेदार बंगलादेशलाई हराउँदै नेपाल अघिल्लो चरणमा राम्रा टिमविरुद्व क्रिकेट खेल्न चाहन्छ ।
प्रतियोगितामा युएईले नाम फिर्ता लिएपछि नेपालले खेल्ने मौका पाएको थियो ।
समूहको शीर्ष दुई टिमले सेमिफाईनल खेल्नेछन् ।