काठमाडौं । तेस्रो संस्करणको पाँचपोखरी सुपर-८ क्रिकेट प्रतियोगिता मंसिर दोस्रो साताबाट सुरु हुने भएको छ ।
आयोजक पाँचपोखरी क्रिकेट क्लब आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ११ देखि १४ गतेसम्म सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्गपाल गाउँपालिकामा हुने जनाएको छ ।
बिस २०७२ सालमा गएको महा- भुकम्पको दौरान आफ्नो ज्यान गुमाएका पारा ओलम्पिक खेलाडी जितबहादुर खड्काको स्मृतिमा आयोजना हुने प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहने छ । जसलाई ४ समूहमा बिभाजन गरिने छ ।
समूह चरणबाट शीर्ष दुई टिम क्वाटरफाइनल पुग्ने छन् । त्यसपछि सेमिफाइनल र फाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ७५ हजार पाउँदा उपविजेताले ३५ हजार पाउँने छन् ।
यस्तै प्रतियोगिताको एक जना उत्कृष्ट खेलाडीलाई नेक्सस क्रिकेट एकेडेमीको तर्फबाट भारतमा प्रशिक्षणको व्यवस्था मिलाउने छ । अन्य ३ उत्कृष्ट खेलाडीलाई पनि काठमाडौंमा रहेको ग्रेट हिमालय क्रिकेट एकेडेमीले प्रशिक्षण गराउने छन् ।