काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम कर्नाटका टुसकेर्सले युएईमा जारी टी-१० क्रिकेट लिगको दोस्रो खेलमा अहिले बंगला टाइगर्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।
युएईको आबु धाबीमा कर्नाटकाले दिएको १ सय १५ रनको लक्ष्यसहित बंगलाले जवाफी ब्याटिङ गरिरहेको छ ।
बंगालाविरुद्ध सन्दीपले आफ्नो पहिलो ओभरमै विकेट लिएका छन् । सन्दीपले दोस्रो बलमा आन्द्रे फ्लेटचरलाई ४० रनमा आउट गरे ।
सन्दीपले पहिलो ओभरमा ५ रन खर्चेर १ विकेट लिए । सन्दीपले लगातार दोस्रो खेलमा विकेट लिएका हुन् । पहिलो खेलमा पनि सन्दीपले १ विकेट लिएका थिए ।