काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका निवर्तमान कप्तान पारस खड्का रहेको टिम आबु धाबीले टी-१० क्रिकेट लिगको दोस्रो अहिले नर्दन वारिवर्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।
शेख जायद स्टेडियममा वारिवर्सले आबु धाबीलाई जितका लागि ९३ रनको सामान्य लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको वारिवर्सले १० ओभरमा १ विकेट गुमाएर ९२ रन बनायो ।
वारिवर्सका लागि आन्द्रे रसेलले अविजित ३७ तथा साम बिलिङ्सले अविजित ३५ रन बनाए ।
यस्तै कप्तान डरेन सामीले १७ रन बनाए ।
आज पारसको टिम आबु धाबी पहिलो जित निकाल्ने योजनामा रहेको छ । क्वालान्डर्ससँगको पहिलो खेल टाई हुँदा आबु धाबीले अंक बाडेको थियो ।
समूह 'बी' मा रहेको आबु धाबीले १ खेलमा १ अंक जोडेको छ र समूहको तेस्रो स्थानमा छ । वारिवर्स दुई खेलमा २ अंक जोडेर दोस्रो स्थानमा छ ।