काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका निवर्तमान कप्तान पारस खड्का रहेको टिम आबु धाबीले टी-१० क्रिकेट लिगको दोस्रो खेलमा आज (आइतबार) नर्दन वारिवर्ससँग प्रतिस्पर्धा गर्दैछ ।
शेख जायद स्टेडियममा टिम आबु धाबी र वारिवर्सबीचको खेल नेपाली समय अनुसार बेलुका ५:१५ बजे सुरु हुनेछ ।
आज पारसको टिम आबु धाबी पहिलो जित निकाल्ने योजनामा रहेको छ । क्वालान्डर्ससँगको पहिलो खेल टाई हुँदा आबु धाबीले अंक बाडेको थियो ।
समूह 'बी' मा रहेको आबु धाबीले १ खेलमा १ अंक जोडेको छ र समूहको तेस्रो स्थानमा छ । वारिवर्स दुई खेलमा २ अंक जोडेर दोस्रो स्थानमा छ ।
वारिवर्सविरुद्धको खेलमा पारस प्लेईङ सेटमा पर्ने सम्भावना रहेको छ । पारसले क्वालान्डर्सविरुद्ध ३ रन बनाएका थिए ।