काठमाडौं । भारतमा जारी यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो स्थानका लागि नेपालले अहिले भारतको 'सी' टिमसँग प्रतिस्पर्धा गरिरहेको छ ।
हैदरवादमा भारत 'सी' विरुद्ध नेपालले पहिले बलिङ गरिरहेको छ । भारतले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ पाएको हो ।
आज नेपाल जित निकाल्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न चाहन्छ ।
समूह चरणका तीनै खेलमा पराजित नेपाल सान्त्वना जित निकाल्न चाहन्छ ।
यस अघि पहिलो खेलमा नेपाल 'सी' टिमसँग १० विकेटले पराजित भएको थियो ।
यस्तै भारतको 'ए' सँग १ सय ७ रन र 'बी' टिमसँग २ विकेटले पराजित भएको थियो ।