काठमाडौं । युएईमा जारी टी-१० क्रिकेट लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम कर्नाटका टुसकेर्सले अहिले दिल्ली बुल्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।
आबु धाबीमा कर्नाटकाले दिएको १ सय ११ रनको लक्ष्यसहित बुल्सले जवाफी ब्याटिङ गरिरहेको छ ।
बुल्सविरुद्ध सन्दीपले आफ्नो पहिलो ओभरमै विकेट लिएका छन् । सन्दीपले पहिलो ओभरको पहिलो बलमै मुहमद उस्मानलाई ८ रनमा आउट गरे ।
पहिलो ओभरमा सन्दीपले ३ रन खर्चिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कर्नाटकाले १० ओभरमा ५ विकेट गुमाएर १ सय १० रन बनाएको थियो ।
कर्नाटकाका लागि उपुल थरंगाले सर्वाधिक ४८ रन बनाए । यस्तै सफिकउल्लाहले ३४ तथा जोनसन चार्ल्सले १३ रन बनाए ।
सन्दीप सुन्य रनमा अविजित रहे ।
बुल्सका रबी रामपालले २ विकेट लिए ।
आज दुवै टिम जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् ।