काठमाडौं । युएईमा जारी टी-१० क्रिकेट लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम कर्नाटका टुसकेर्सले अहिले दिल्ली बुल्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।
आबु धाबीमा सन्दीपको टिम कर्नाटकाले दिल्ली बुल्सलाई जितका लागि १ सय ११ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको कर्नाटकाले १० ओभरमा ५ विकेट गुमाएर १ सय १० रन बनाउन सक्यो ।
कर्नाटकाका लागि उपुल थरंगाले सर्वाधिक ४८ रन बनाए । यस्तै सफिकउल्लाहले ३४ तथा जोनसन चार्ल्सले १३ रन बनाए ।
सन्दीप सुन्य रनमा अविजित रहे ।
बुल्सका रबी रामपालले २ विकेट लिए ।
आज दुवै टिम जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् ।