काठमाडौं । बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले अहिले हङकङको सामना गरिरहेको छ ।
ढाकामा हङकङविरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपालका लागि शरद भेषवाकरले अर्धशतक पुरा गरेका छन् ।
शरदले ९३ बलमा ५० रन बनाएका हुन् ।
खराब सुरुवात गरेको नेपाल शरदको अर्धशतकसँगै सम्मान जनक योगफलतर्फ अघि बढेको छ ।
नेपालले ३४ ओभरमा ३ विकेट गुमाएर १ सय २६ रन जोडेको छ ।
मात्र ३ रन जोड्दा महत्वपूर्ण २ विकेट गुमाएको नेपालका लागि शरदले तेस्रो विकेटका लागि दिपेन्द्र सिंह ऐरीसँग ८३ रनको अर्धशतकीय साझेदारी गरेका थिए ।
दिपेन्द्र ३७ रनमा आउट भए ।
यस अघि कप्तान ज्ञानेन्द्र मल्ल सुन्य रनमा आउट हुँदा कुशल भुर्तेल १ रनमा आउट भए ।