काठमाडौं । बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले अहिले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ ।
ढाकामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको छ । नेपालले सुरुवातमै ओपनर ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेललाई गुमाएको छ ।
कप्तान ज्ञानेन्द्र सुन्य रनमा आउट हुँदा कुशल १ रन बनाएर आउट भए ।
भारतविरुद्धको पहिलो खेलमा समेत ज्ञानेन्द्र सुन्य रनमा आउट भएका थिए ।