काठमाडौं । बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले अहिले हङकङको सामना गर्दैछ ।
ढाकामा हङकङविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । हङकङले टस जितेर फिल्डिङ रोजेपछि नेपालले सुरुवातमा ब्याटिङ गर्ने भएको हो ।
आज दुवै टोली पहिलो जितको खोजीमा रहेको छ ।
अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न नेपाललाई हङकङविरुद्ध जित निकाल्नै पर्ने दबाब छ ।
ढाकामा बिहिबार भएको पहिलो खेलमा नेपाल भारतको यू–२३ टिमसँग ७ विकेटले पराजित भएको थियो ।
यस्तै हङकङलाई आफ्नो पहिलो खेलमा आयोजक बंगलादेशले ९ विकेटले हराएको थियो ।
नेपाली टिममा एक खेलाडी परिवर्तन भएका छन् । सोमपाल कामीले हङकङविरुद्धको खेल गुमाउने छन् ।
हङकङविरुद्ध सोमपालको स्थानमा अविनास बोहराले खेल्नेछन् ।