काठमाडौं । एसीसी इमर्जिङ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले आज (शनिवार) दोस्रो खेल खेल्दैछ ।
बंगलादेशमा आयोजना भएको प्रतियोगिताको दोस्रो खेलमा नेपालले हङकङसंग प्रतिस्पर्धा गर्न लागेको हो ।
ढाकास्थित सभारमा उत्रदै गर्दा दुवै टोली पहिलो जितको खोजीमा हुनेछ ।
अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न नेपाललाई हङकङविरुद्व जित निकाल्नै पर्ने दबाब छ
खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे सुरु हुनेछ ।
ढाकामा बिहिबार भएको पहिलो खेलमा नेपाल भारतको यू–२३ टिमसँग ७ विकेटले पराजित भएको थियो ।
यस्तै हङकङलाई आफ्नो पहिलो खेलमा आयोजक बंगलादेशले ९ विकेटले हराएको थियो ।
आफ्नो दोस्रो खेलमा जित हात पार्दै नेपाल र हङकङ सेमिफाइनलमा पुग्ने सम्भावना जीवित राख्न चाहान्छन् ।
नेपालले समुह चरणको अन्तिम खेल आयोजक बंगलादेशसँग नोभेम्बर १८ (सोमबार) खेल्ने छ ।
नेपाली टिमका दुई ठुला खेलाडी रहने छैनन् । पुर्व कप्तान पारस खड्का र सन्दीप लामिछाने टी–१० लिग खेल्न युएईमा छन् । नेपाली टिमको कप्तानी ज्ञानेन्द्र मल्ललेनै गरेका छन् ।
यस प्रतियोगितामा युएईले नाम फिर्ता लिएपछि नेपालले खेल्ने मौका पाएको थियो ।
नेपालको सम्भावित प्लेइङ सेट :
ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, शरद भेसवाकर, आरिफ शेख, दिपेन्द्र सिंह ऐरि, बिनोद भण्डारी, पवन सर्राफ, सोमपाल कामी, कारण केसी, सुसन भारी र ललित नारायण राजबंशी ।