काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका निवर्तमान कप्तान पारस खड्काले युएईमा जारी टी-१० क्रिकेट लिगमा डेब्यु गरेका छन् ।
टिम आबु धाबीमा रहेका पारस क्वालान्डर्सविरुद्धको खेलका लागि प्लेईङ सेटमा पर्दै टी-१० मा डेब्यु गरेका हुन् ।
टी-१० लिग पारसको पहिलो विदेशी फ्रेन्चाइज लिग हो ।
यो सँगै पारसले विदेशी फ्रेन्चाइज लिगमा समेत डेब्यु गरेका छन् ।
यस्तै पारस विदेशी फ्रेन्चाइज लिग खेल्ने तेस्रो नेपाली खेलाडी हुन् ।
यसअघि नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले मात्र विदेशी फ्रेन्चाइज लिग खेलेका छन् ।
खेलमा क्वालान्डर्सले टस जितेको छ र पहिले बलिङ गरिरहेको छ ।
आज दुवै टिम पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ ।