एजेन्सी । अफगानिस्तानले टेष्ट क्रिकेटमा डेब्यु गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) बाट गत जनवरीबाट टेष्ट राष्ट्रको मान्यता प्राप्त गरेको अफगानिस्तानले आज भारतविरुद्ध खेल्दै टेष्ट क्रिकेटमा डेब्यु गरेको हो ।
आइसीसीबाट टेष्ट राष्ट्रको मान्यता पाएपछि अफगानिस्तान डेब्यु खेल खेल्न भारत आएको हो । र, अफगानिस्तानले बेंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा घरेलु टोलीविरुद्ध मैदान उत्रदै टेष्ट क्रिकेटमा डेब्यु गरेको हो ।
अफगानिस्तानले आफ्नो डेब्यु टेष्टको पहिलो पारीमा बलिङ गरेको छ । भारतले टस जितेर ब्याटिङ रोजेपछि अफगानिस्तानले बलिङ गरेको हो । पहिलो दिनको खेल सकिदा डेब्यु टोलीविरुद्ध भारतले उच्च स्कोर बनाएको छ ।
शिखर धवन र विजय मुरलीले शतक प्रहार गरेपछि भारतले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३४७ रन जोडेको छ । भारतको लागि धवनले १०७ र मुरलीले १०५ रन बनाए । त्यस्तै लोकेश राहुलले ५४ र चेतेश्वर पुजाराले ३५ रन जोडे । यस्तै हार्दिक पाण्डय १० तथा रविचन्द्र आश्विन ७ रनमा अविजित रहेका छन् ।
अफगानिस्तानका मोहमद यामिनले २ तथा वफाडर,मुजिब उर रहमान र राशिद खानले समान १-१ विकेट लिए ।