काठमाडौं । चीनमा जारी बी एण्ड आर कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा नेपाली यू–१९ राष्ट्रिय महिला टोली पराजित भएको छ ।
सांघाईमा शुक्रबार भएको खेलमा नेपाल मलेसियासँग ५ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १ सय १५ रनको लक्ष्य मलेसियाले २० ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।
मलेसियाकी मास एल्सा यास्मिनले अविजित रहदै ५८ रनको अर्धशतकीय इनिङ्स खेलिन् ।
नेपालकी लक्ष्मी साउद, कृतिका मरासिनी, कविता कुँवर र ईश्वरी बिष्टले १/१ विकेट लिईन् ।
यस अघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो ।
नेपालकी राजमती ऐरीले ३७ रन जोड्दा कविता कुँवर र लक्ष्मी साउदले समान १९/१९ रन जोडिन । डली भट्टले १६ रन बनाईन् ।
मलेसियाकी नुर अब्दुल समादले २ विकेट लिईन् ।
यो सँगै प्रतियोगितामा नेपालले चार खेलमा दुई जित र दुई हारको आत्मसात गरेको छ ।
यस अघि प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डसँग २९ रनको हार व्यहोरेको थियो ।
तर, दोस्रो खेलमा नेपालले चीनलाई ८ विकेटले हराएको थियो । यस्तै बिहिबार नेपालले म्यानमारलाई ३५ रनले हराएको थियो ।