काठमाडौं । यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा भारतको 'बी' टिमविरुद्व नेपालले ब्याटिङमा सुरु गरेको छ ।
अघिल्ला दुई खेलमा पराजित नेपालले तेस्रो खेलमा भारतको 'बी' टिमविरुद्व मैदान उत्रिएको हो ।
रीत गौतमको कप्तानीमा मैदान उत्रिएको नेपाली टिममा लोकेश बम, तिर्थराज दास, बिशाल बिक्रम केसी, अभिषेक बस्नेत, कुशल मल्ल, हरी चौहान, शेर मल्ल, गौतम केसी, आकाश चन्द्र र सागर ढकाल रहेका छन् ।
तेस्रो ओभरको खेल सकिदाँ नेपालले लोकेश बमलाई ५ रनमा गुमाएको छ ।
प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा हुनेछ । सुरुवाती दुई खेलसम्म नेपालले अंक जोड्न सकेको छैन ।
यसअघि दुई खेलमा नेपाल भारतको 'सी' टिमसंग १० विकेट र भारत 'ए' टिमसंग १ सय ७ रनले पराजित भएको थियो ।